प्रकृति मानव केन्द्रित जन–अभियान रुपन्देहीद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिग्रँदो पर्यावरण हाम्रो दायित्व भन्ने मूल विषयकलाई लिएर प्रकृति मानव केन्द्रित जन अभियान नेपालले यही असार ७ गते शनिवारका दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । साथै प्रकृति मानव केन्द्रित जन अभियान संस्थाका रुपन्देही जिल्ला अध्यक्ष शान्तराम गिरीको अध्यक्षतामा बुटवल–९, इट्टाभट्टा नवदुर्गा मन्दिरमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बौद्धिक तथा विज्ञ व्यक्तिहरुको उपस्थिति रहेको हुनाले प्रकृति र पर्यावरण सम्बन्धि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
यसैगरि कार्यक्रममा बोल्ने वक्ताहरु प्रकृति मानव केन्द्रित जन अभियान संस्थाका संरक्षक के.बि. पुन साथै संस्थाका अध्यक्ष समाजसेवी, कलाकार, शान्तराम गिरी, संस्थाका उपाध्यक्ष रुद्रलाल उपाध्याय, समाजसेवी लोकनाथ पाण्डे, बौद्धिक व्यक्ति राधारमण अग्रहरी, तिनाउ नवदुर्गा मन्दिर संस्थाका उपाध्यक्ष नारायण प्रसाद घिमिरे, बुटवल वडा नं. ९ तिनाउ टोल विकास संस्थाका अध्यक्ष रुपा भण्डारी यसैगरि स्मिता अर्याल, भिम बहादुर कंवर लगायत अन्य थुप्रै वक्ताहरुले बोल्दै सिङ्गो पृथ्वी र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यावरणीय सम्पदाको अत्याधिक दोहन, दुरुपयोग, प्रदुषण, विघटन र बर्बादी बढ्दै गएको र हामी जलवायु संकट तथा आम जैविक संकटको विषम परिस्थितिको सामना गर्न बाध्य भएको बताउदै पर्यावरण भनेको के हो र पर्यावरण भएन भने हामी बाच्न सक्दैनौं, यि विषयमा कसरी अगाडि बढ्ने भन्ने बारे सबै वक्ताहरुले आफ्नो साधरणा व्यक्त गरेका थिए ।
साथै संस्थाका अध्यक्ष शान्तराम गिरीले नेपाल सहित सात राष्ट्रका विद्धान र वैज्ञानिक व्यक्तिहरुले मिलेर छलफल गरि सन् २००२ मा स्वर्गिय डा. डि.वि सिंहको संयोजकत्वमा यो प्रकृति मानव केन्द्रित जन अभियान नामक संस्था स्थापना गरेको कुरा बताएका थिए । सो कार्यक्रममा विभिन्न विज्ञ बौद्धिक लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो साथै कार्यक्रम संस्थाका अध्यक्ष शान्तराम गिरीको अध्यक्षतामा स्वागत मन्तव्य उपाध्यक्ष रुद्रलाल उपाध्यायको रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव भिम क्षेत्रीले गरेका थिए
। 
